प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी


प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक जारी छ ।

परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बैठकमा सहभागी छन् । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न डाकिने संवैधानिक परिषदको बैठकमा भने कामु प्रधानन्यायाधीशको साटो कानूनमन्त्री पदेन सदस्य हुन्छन्।

यही वैशाख ४ गते बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । 

Logo