बैठकमा सहभागी नहुने वडाअध्यक्षहरूलाई राजीनामा दिन लगाउनु, म प्रक्रिया मिलाउन सघाउँछु: हर्क साङपाङ

बैठकमा सहभागी नहुने वडाअध्यक्षहरूलाई राजीनामा दिन लगाउनु, म प्रक्रिया मिलाउन सघाउँछु: हर्क साङपाङ


धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले धरानको विकासमा वडाअध्यक्षहरू बाधक भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाअध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उपनिर्वाचन गरेर रिक्त वडाअध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनुपर्छ !'

साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाअध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । 

 

Logo