केटीएमले ल्यायो सस्तो मूल्यको ३९० एड्भेन्चर

केटीएमले ल्यायो सस्तो मूल्यको ३९० एड्भेन्चर


केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरियन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ । कम्पनीले २ लाख ८९ हजार भारुमा यसलाई लन्च गरेको हो ।

जुन यसअघि विक्री हुने ३९० एड्भेन्चरको तुलनामा ५८ हजार भारु कम हो ।केटीएमको यो नयाँ भेरिएन्टले रोयल इन्फिल्ड विएमडव्लू र सजुकीको एड्भेन्चर वाइकसंग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ । यो नयाँ वाइक अवको केही समयपछि नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।

यो नयाँ भेरिएन्टको इन्जिनमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा यसअघिको ३७३ सीसी अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर, ईएफआइ इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा जडान गरिएको सो डीओएचसी ईन्जिनले ४३ बीएचपी पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । वाइकमा ६ स्पिड गियरवक्स दिइएको छ ।

कम्पनीले मोटरसाइकलमा रहेका विभिन्न फिचरहरू हटाएर कम मूल्यमा ३९० एड्भेन्चर एक्स ल्याएको हो । यो नयाँ भेरियन्टमा ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर, कर्नरिङ एबीएस जस्ता फिचर हटाइएको छ ।

यसैगरी टिएफटी डिस्प्लेको सट्टा एलसीडी डिस्प्ले दिइएको छ भने ब्लुटूथ कनेक्टिभिटी, नेभिगेसन, ड्राइभ इन्फर्मेसन लगायत फिचरलाई समेत हटाएको छ ।

Logo