मेयर बालेनविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

मेयर बालेनविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन  न्यायाधीश  सुष्मालता माथेमाको इजलासमा परेको छ ।

यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Logo