चिकित्सा शिक्षा आयोगको मनपरीविरुद्ध विद्यार्थीहरु आन्दोलनमा

चिकित्सा शिक्षा आयोगको मनपरीविरुद्ध विद्यार्थीहरु आन्दोलनमा


चिकित्सा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरितको भर्ना प्रक्रिया अगाडि बढाएको विरोधमा उनीहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । 

चिकित्सा शिक्षा आयोगले सर्वोच्वको आदेश विपरित भर्ना प्रक्रिया अघि बढाएको डा.विप्लव लामिछानेको आरोप छ । उनले भने, ‘चिकित्सा शिक्षा आयोगले योग्यताक्रम मिच्ने काम गरेको छ । जो आए पनि आउन् जो गए पनि जाउन् डक्टर नै बन्न आएका हुन भन्ने जस्ता उहाँहरुको कार्यशैली देखियो । सर्वोच्च अदालत लिएको निर्णय विपरित काम भएको छ ।’ 

उनले नेपालमा उचित व्यवस्थापन नभएकै कारण राष्ट्रपतिलाई समेत उपचारको लागि बाहिर लानुपर्ने अवस्था सिर्जना भएको बताए । 

विद्यार्थीको योग्तालाई पछाडि राखेर मनपरी ढंगले भर्ना लिने कार्य गरेको समेत डा. लामिछानेको आरोप छ । नेपालमा सम्भावना भएको तर दक्षताको आधार नभएको पनि उनको गुनासो छ ।  

No description available.

No description available.

No description available.

No description available.

Skip This
Logo