#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व608915636869630229012697559
नेपाल140161176219

एक्सेल्सियर कप आजदेखि शुरु

काठमाडौं,

द एक्सेल्सियर स्कूलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले पत्रकार सम्मेलनमा जानकारी गराए । बास्केटबलको सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा ११ र गल्समा १३ टिमको सहभागिता रहने छ । फुटबलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्समा ८ टिमले भाग लिने छन् । फुटबल फाइभ ए साइड स्वरुपमा हुनेछ । गल्स फुटबल पहिलो पटक समावेश गरिएको हो । खेलकुदमा महिलाको पनि समान सहभागितालाई ध्यानमा राखि महिला फुटबल थप गरिएको प्रिन्सिपल रजकले बताए ।

फुटबलको यु–१२ ब्वाइजमा एक्सेल्सियर र यु–१६ ब्वाइजमा त्रिनेत्र तथा बास्केटबलको जुनियर ब्वाइजमा र सिनियर ब्वाइज दुवैमा रेडिअन्ट पब्लिक स्कुल र गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् । पुस ११ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार