अख्तियारको प्रमुख आयुक्त लोकसेवाबाट नियुक्ति गर्न सांसद शाहीको माग

अख्तियारको प्रमुख आयुक्त लोकसेवाबाट नियुक्ति गर्न सांसद शाहीको माग


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सबल बनाउन लोकसेवा आयोगबाट प्रमुख आयुक्त नियुक्ति गर्न माग गरेका छन् । 

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शाहीले अख्तियारलाई संवैधानिक आयोग भनिएता पनि पार्टीको कार्यकर्तालाई प्रमुख आयुक्त नियुक्ति गर्ने प्रवृत्ति रहेको बताएका हुन् । 

उनले भने, ‘संवैधानिक आयोग भनिएको छ । तर पार्टीको कार्यकर्तालाई खोजी खोजी प्रमुख आयुक्त नियुक्त गरेका छन् यसलाई लोकसेवाबाट नियुक्ति गरौं । अनि अख्तियार अनुसन्धान आयोगका कर्मचारीले जतिपनि भ्रष्टाचार गर्ने भएको छ । अख्तियार अनुसन्धान आयोगलाई साच्चीकै सबल बनाउने हो भने लोकसेवा आयोगबाट नियुक्ति गर्न माग गर्छु ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेताहरुले खेलाउने थलो बनाएको आरोप समेत लगाए । 

Logo