नारायणगढ–मुग्लिङ सडकखण्डमा खस्यो ठूलो पहिरो, बाटो फेरि बन्द

नारायणगढ–मुग्लिङ सडकखण्डमा खस्यो ठूलो पहिरो, बाटो फेरि बन्द


नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो । अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

यस वर्षका वर्षातसंगै त्योे ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ ।

Skip This
Logo