अज्ञात समूहले गोली चलाउँदा युवक घाइते

अज्ञात समूहले गोली चलाउँदा युवक घाइते


रुपन्देहीको सियारी-३ भैसाखादरमा गोली चल्दा एक युवा घाइते भएका छन् । खुट्टामा गोली लागेर गम्भीर घाइते भएका ती युवालाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा पुराइएपनि त्यहाँ उपचार हुन नसकेपछि  बुधबार राति पौने १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका २६ वर्षीय विरेन्द्र केवटलाई ३ जनाको समूहमा आएको युवाहरुले गोली चलाउँदा घाइते भएको स्थानीयले बताएका छन् ।

Logo