फोहोर उठाउन काठमाडौँ महानगरपालिकासँग छलफल

फोहोर उठाउन काठमाडौँ महानगरपालिकासँग छलफल


१२ दिनदेखि उठ्न नसकेको सिंहदरबार सहित अति विशिष्ट कार्यालय र निवासहरूको फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच प्रारम्भिक छलफल भएको छ । 

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार भएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव मधसुदन आचार्य र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको सहभागिता रहेको मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए।

प्रवक्ता परियारका अनुसार बैठकमा केही दिनदेखि स्थागित अति विशिष्ट कार्यालय तथा निवासको फोहोर उठाउने विषय, फोहोर व्यवस्थापन समन्वयन समितिको बैठक बस्ने तथा बन्चरेडाँडा ल्यान्डफिल साइटको अवलोकन गर्नेबारे छलफल भएको थियो। 
 

Skip This
Logo