म्यानचेस्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो


इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ। स्पेनिस क्लब सेभियासँग क्वाटरफाइनलको दोस्रो लेगमा ३-० ले तथा समग्रमा ५-२ ले पराजित हुँदै युनाइटेड अन्तिम आठबाट बाहिरिएको हो। पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलमा घरेलु टोली सेभियाको जितमा युसुफ एन न्यास्रीले दुई तथा लोइक बेडले एक गोल गरे ।

खेलको आठौँ मिनेटमा न्यास्रीको गोलबाट युनाइटेडले पहिलो हाफमा १-० को अग्रता लिन सफल भएको थियो । ४०औं मिनेटमा लुकास ओकम्पासले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। ४७औँ मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे । उनले इभान राकिटिचको पासमा गोल गर्न सफल भएका थिए ।

Logo