आज रातीबाट बारास्थित नेपाल-भारत सिमा बन्द गरिने

आज रातीबाट बारास्थित नेपाल-भारत सिमा बन्द गरिने


वैशाख १० हुन गईरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजबाट नेपाल भारत सिमा बन्द गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल-भारत सिमाना बन्द रहने जनाएको हो

यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । 

Logo