आईपीओ निष्काशन गर्न बोर्डले घोराही सिमेन्टलाई दियो अनुमति

आईपीओ निष्काशन गर्न बोर्डले घोराही सिमेन्टलाई दियो अनुमति


घोराही सिमेन्ट इन्डस्ट्रीलाई नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथाा बिक्री गर्ने अनुमति दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका  छन् ।

 कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि कुल ३ अर्ब ४४ करोड १६ लाख ६१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता अंकित मूल्य ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणको लागि प्रति कित्ता अंकित मूल्य ४३५ रुपैयाँका दरले ७५ लाख ४६ हजार ६११ कित्ता आईपीओ निष्काशन तथा बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न बैशाख ६ गते अनुमति दिएको थियाे ।

Logo