एम्बाप्पे चम्किदा पिएसजीको सहज जीत

एम्बाप्पे चम्किदा पिएसजीको सहज जीत


फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी)  सहज रूपमा बिजयी भएकाे छ । पिएसजीले घरेलु टोली एन्जर्समाथि २–१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ। पिएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए ।

शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १-० को अग्रता दिलाए भने उनै एम्बाप्पेले खेलको २६औँ मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका एम्बाप्पेले पहिलो हाफमा नै पिएसजीलाई २-० को अग्रता दिलाउन सफल भए ।उता, खेल सकिनै लाग्दै एन्जर्सका सादा थिओवले ८७औँ मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । अन्ततः खेल २-१ को अवस्थामा सकियो । यस जितसँगै शीर्षस्थानको पिएसजीले ३२ खेलबाट ७५ अंक बटुलेको छ भने पराजित एन्जर्स भने १४ अंकमा सिमित रहेर पुछारमा  रहेकाे छ ।

Logo