#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273268856504547322937435350
नेपाल167193882398442

पिपिएल: बुटबलमाथि चितवनकाे विशाल लक्ष्य

पोखरा: पारस खड्का र रोहन मुस्तफाकाे  अर्धशतकिय पालीकाे सहयाेयमा  दाेस्राे संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले बुटवल ब्लास्टर्समाथि फराकिलाे लक्ष्य प्रस्तुत गरेकाे छ ।  चितवन राइनोजले बुटबल ब्दास्टर्सलाई जितका लागि २ सय ४ रनको विशाल लक्ष्य दिएकाे हाे ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनायो । चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक उच्च योगफल हो ।  गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन सर्वाधिक ठुलो स्कोर रहेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार