कोहलपुर पुग्यो महिला पत्रकारको मेची महाकाली अभियान

कोहलपुर पुग्यो महिला पत्रकारको मेची महाकाली अभियान


जातीय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकाली मेची अभियानमा साइकल यात्रामा निस्केका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ ।

जातीय भेदभाव निराकरण गर्ने सन्देश फैलाउने र चेतना जगाउने उद्देश्यले महाकाली मेची अभियानमा निस्केका महिला पत्रकारहरू रीता बुढाथोकी, इन्दिरा विश्वकर्मा र सङ्गीता नेपालीलाई कोहलपुरमा स्वागत गरिएको हो । 

सो अभियानलाई रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव सुनारलगायतको टिमले स्वागत गरेको थियो । स्वागत गर्दै सुनारले अभियानमा हिँडेका महिला पत्रकारले समाजमा रहेको विभिन्न किसिमका विभेदका घटना तथा परिघटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हिँडेकोमा खुसी लागेको बताए । 
यस्ता अभियानहरू निरन्तर सञ्चालन भएमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको उनले जनाए। 

Logo