‘सरकारले नवौँ पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौँ’

‘सरकारले नवौँ पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौँ’


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन । 

जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् ।

‘हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौँ, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सबालमा मिलेर जाने सबालमा हाम्रो पार्टी तयार छ ,अब नवौँ पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौँ’ उनले भने।

पुर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार आठौँ पटक विस्तार हुदाँ पनि पुर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे । 
 

Logo