बक्स अफिसका बादशाह सलमानको करियरमा स्पीड ब्रेकर बन्यो ‘किसी की भाई किसी की जान’

बक्स अफिसका बादशाह सलमानको करियरमा स्पीड ब्रेकर बन्यो ‘किसी की भाई किसी की जान’


गत शुक्रबारबाट थिएटरमा अभिनेता सलमान खानको फिल्म ‘किसी की भाई किसी की जान’ रिलिज भयो । सलमान चार वर्षपछि इदको मौका पारेर दर्शकमाझ यो फिल्म लिएर आएका थिए । फिल्मले हरेक स्थानमा बम्पर ओपनिङ गर्ने आशा थियो । तर बक्स अफिसको रिपोर्ट सबैलाई चकित बनाउने किसिमले आयो ।

भारतमा फिल्मको ओपनिङ नै १५ दशमलब ८१ करोडको थियो । यो ओपनिङ सोचेभन्दा कम ओपनिङ हो । यो फिल्मले सलमानको शानदार बक्सअफिस यात्रामा ‘स्पीड ब्रेकर’को काम गरिदिएको छ । सलमान बक्स अफिसका बादशाह हुन् भन्ने कुराको प्रमाण उनको फिल्मको ओपनिङ कलेक्सनले देखाउथ्यो । पछिल्लो १० वर्षमा उनको कुनै पनि फिल्मले १७ करोड भन्दा कम ओपनिङ कलेक्सन गरेको थिएन । सन् २०१२ मा रिलिज फिल्म ‘एक था टाइगर’ले ३३ करोडको ओपनिङ कलेक्सन गरेको थिया । यसपछि उनका फिल्मले पहिलो दिनमा २० करोड रुपैंयाँसम्म ओपनिङ कलेक्सन गर्थे ।

सन् २०२० मा कोरोना महामारीपछि थिएटर बन्द हुनुअघि सन् २०१९ मा रिलिज फिल्म ‘भारत’ले सलमानका लागि उनको करियरमै सबैभन्दा बढी ओपनिङ दिएको थियो । फिल्मले पहिलो दिनमै ४३ करोड बढी कमाएको थियो । तर १५ दशमलब ८१ करोडसँगै ‘किसी का भाई किसी की जान’ सन् २०११ पछि सलमानको करियरको सबैभन्दा कम ओपनिङवाला फिल्म बन्यो ।

लकडाउन पछि रिलिज भएका तीन फिल्मको ओपनिङ कलेक्सनलाई आक्रामक मान्न सकिन्छ । शाहरुख खानको ‘पठान’ले ५७ करोड, रणवीर कपूर र आलिया भट्टको ‘ब्रह्मास्त्र’ले ३६ दशमलब ५ करोड र अक्षय कुमारको ‘सूर्यवंशी’ले २६ दशमलब २९ करोड ओपनिङ कलेक्सन गरेको थियो । सन् २०११ पछि इदमा सलमानका ९ फिल्म रिलिज भए । सन् २०१९ सम्म रिलिज भएका मध्ये सबैभन्दा कम ओपनिङ कलेक्सन सन् २०१७ मा रिलिज ‘ट्युबलाइट’ले गरेको थियो । फिल्मले २१ करोडको ओपनिङ कलेक्सन गरेको थियो ।

Logo