उद्योग वाणिज्य महासंघको निर्वाचन : पूर्वअध्यक्षहरुसँग छलफल

उद्योग वाणिज्य महासंघको निर्वाचन : पूर्वअध्यक्षहरुसँग छलफल


काठमाडौं।

नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनका लागि पूर्वअध्यक्षहरुसँग छलफल गर्ने भएको छ । महासंघको आसन्न ५४ औं साधारणसभा तथा निर्वाचन मिति नजिकिदै गर्दा अध्यक्ष भवानी राणाले पूर्वअध्यक्षहरुसँग छलफल गर्न बैठक डाकेकी हुन् । अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालमा पहिलो पटक पूर्वअध्यक्षसहितको बैठक डाकेकी हुन् । पूर्वअध्यक्षहरुलाई बैठकमा डाक्न नहुने अडान राखे पनि कोरोना भाइरसका कारण महासंघको चुनाव फेरि सर्ने सम्भावना बढेपछि यस विषयमा छलफल गर्न अध्यक्ष राणाले पूर्वअध्यक्षसहितको वैठक डाकेकी हुन् ।

सरकारले कोरोनाका कारण गत चैत्र ११ गतेदेखि लकडाउन गरेपछि महासंघको चैतको अन्तिम साता हुने चुनाव स्थगित भएको थियो । केही समयपछि सरकारले लकडाउन खुकुलो बनाएसँगै यहि साउन २६ र २७ गते महासंघको चुनाव हुने मिति तय गरिएको थियो । तर कोरोना भाइरसको जोखिम कायमै रहेकाले ठूला भोज भतेर, भेला, सेमिनार जस्ता कार्यक्रमहरु गर्न सरकारले रोक लगाएको छ । त्यसैले अझै पनि महासंघको निर्वाचन हुने कि नहुने भन्ने अन्योल बढेको छ । चुनाव हुने नहुने भन्ने निर्णय नभैसकेको बैंक तथा वित्तीय विभागका सभापति सौरभ ज्योतिले बताए ।

महासंघले निर्वाचनमा ९२१ प्रतिनिधि उपस्थित हुन पर्ने लिस्ट सरकारलाई बुझाएको छ । साधारण सभामा ७७ वटै जिल्ला नगर उद्योग वाणिज्य संघबाट उम्मेदवार बाहेक २/२ जना प्रतिनिधिसहित करिब ती सय जना, बस्तुगत संघबाट उम्मेदवार बाहेक २÷२ जना प्रतिनिधिसहित २०६ जना, एसोसिएटबाट उम्मेदवार बाहेक करिब तीन सय जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट उम्मेदवार बाहेक करिब २० जना निर्वाचनमा उपस्थित हुनेछन् । त्यस्तै, विशिष्ट आमन्त्रित बढीमा ५० जना, मूख्य निर्वाचन अधिकृतसहित दुई जना तथा सुरक्षाकर्मीसहित ९२१ जनाको उपस्थिति रहने महासंघले जनाएको छ । अहिले ९ सय जना भनिए पनि करिब दुई हजारको हाराहारीमा उपस्थिति हुन सक्ने बताइएको छ । यस्तो कोरोनाको जोखिम रहिरहेकाले यसरी भेला गर्न नहुने पक्षमा सरकार छ भने एकपटक मिति सारिसकेकाले गर्नुपर्छ भन्ने पक्षमा महासंघ छ ।

चुनावको मिति तय भएपछि व्यवसायीहरुको दौडधुप पनि निकै बढेको छ । विधान अनुसार महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि हुने चुनाव निकै रोचक हुने गर्छ । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा छन् । उनी स्वतः अध्यक्ष हुँदैछन् । अध्यक्षका लागि चुनाव नहुने भएकाले महासंघको चुनावमा मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा हुने गर्छ । जुन पदका लागि आकांक्षीहरुले चर्काे प्रतिस्पर्धा पनि गर्दै आएका छन् । यसपटक उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उपाध्यक्षद्वय ढकाल र प्रधान वीचको चुनाव निकै रोचक हुने बताइएको छ । उनीहरूले औपचारिक रुपमै उम्मेदारी घोषणा गरेर प्रचारप्रसार तथा भेटघाटलाई तीव्र बनाएका छन् ।

कोरोनाकै वीच उपाध्यक्षद्वय ढकाल र प्रधानले तामझामका साथ महासंघको वरिष्ठ उपाध्यक्षको पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । व्यवसायी ढकाल जिल्ला र नगर उपाध्यक्ष गुणनिधी तिवारी, एसोसियट उपाध्यक्ष, रामचन्द्र सांघाई, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठसहित उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै व्यवसायी ढकालले आम व्यवसायीका समस्या नीति निर्माण तहमा पु¥याउने बताएका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवारी हुन् किशोर प्रधान । उनले पनि तामझामसहित आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसियट उपाध्यक्ष सौरभ ज्योति र जिल्ला÷नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्यानलसहित प्रधानले उम्मेद्वारी घोषणा गरेका हुन् । उनलाई वरिष्ठ उपाध्यक्ष गोल्छाले साथ दिने भएका छन् । त्यति मात्रै होइन, पूर्वअध्यक्षहरुको साथ पनि प्रधानलाई छ । यस आधारमा उनको सम्भावना बलियो भएको बताइन्छ ।

Logo