एपीएफमा आबद्ध २१ खेलाडीको बढुवा

एपीएफमा आबद्ध २१ खेलाडीको बढुवा


काठमाडौं।

विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) मा आबद्ध विभिन्न खेलका खेलाडी, प्रशिक्षक र रेफ्री गरी २१ जना बढुवा भएका छन् । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी गोपीचन्द्र पार्कीसहित १७ खेलाडी सशस्त्रको जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।

यस्तै बढुवा हुनेमा दुई प्रशिक्षक र दुई रेफ्री रहेका छन् । उनीहरु बढुवाको नियमित प्रक्रिया अनुसार रोलक्रममा बढुवा भएका हुन् । एपीएफको नियमित प्रक्रिया अनुसार हवल्दारमा बढुवा हुँदा खेलाडी, प्रशिक्षक र रेफ्री गरी २१ जना बढुवा भएका हुन् ।

गोपीले सागमा एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण दिलाएका थिए । यस्तै सागमा फेन्सिङबाट काँस्य विजेता ज्ञानेन्द्र तिमिल्सना र सागमै प्रतिस्पर्धा गरेकी एथलेटिक्सकी फुलमती राना पनि बढुवा भएकी छिन् ।

बढुवा हुने प्रशिक्षकमा क्रिकेटका राजेश श्रेष्ठ र फुटबलका गंगा गुरुङ रहेकी छिन् । रेफ्रीमा फुटबलका फिफा रेफ्री सहदेव श्रेष्ठ र महिला फुटबल रेफ्री मेरिना धिमाल रहेकी छिन् । उनीहरुलाई सशस्त्र प्रहरी उपरिक्षक तुलसीराम दाहालले बुधबार दर्जान्ही चिन्ह प्रदान गरेका थिए । तर, दर्जान्यी चिन्ह लिन ८ जना मात्र उपस्थित भएका थिए । अन्य खेलाडी उपत्यका बाहिर ड्युटीमा रहेका कारण उपस्थित नभएका हुन् ।

Logo