सकियो फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड

सकियो फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड


निर्माणको तयारीमा रहेको फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ ।

गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर छ ।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा नकुल कार्कीको रेकर्ड र प्रकाश खरेलको मिक्सिङ छ । ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् । बाँकी अन्य कलाकार चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए ।

फिल्मको कथा साने स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका छन् ।

निर्देशक सानेले फिल्मको बारेमा भने- ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ । फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ । हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ ।’ ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने उनको दाबी छ ।

फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी हुनेछ । फिल्मको छायाकंन केही दिनमै सुरु गरिने निमार्णपक्षले जानकारी दिएको छ । 

Logo