राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुझाए निर्वाचन खर्च

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुझाए निर्वाचन खर्च


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।

प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा १८ लाख १४ हजार खर्च भएको उल्लेख छ । जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय सञ्चालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले  प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

यसैगरी, सामाजिक सञ्जाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको विवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए । केसी गत मङ्सिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए । 

Skip This
Logo