चितवन -२ काे मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने

चितवन -२ काे मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने


चितवन –२ मा मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति जुटेको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो । 

बैठकमा कांग्रेस–एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेबिरुद्ध परेको उजुरीमाथि निर्णय नगरी मतगणनामा नबस्ने अडान लिएको थियो । उनीहरुले रास्वपामाथि मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको आरोप लगाएका थिए ।  

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसहित लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।  

Logo