आद्य शङ्कराचार्य जयन्ती मनाइँदै

आद्य शङ्कराचार्य जयन्ती मनाइँदै


आद्य शङ्कराचार्यको जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वैदिक सनातन धर्ममा महत्वपूर्ण योगदान दिएका आचार्यको सम्झनामा आज विभिन्न मठ, पीठ एवं गुरुकुलमा आद्य शङ्कराचार्यको स्मरण गर्दै विभिन्न कार्यक्रम गर्ने परम्परा छ । 

दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।

बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान शिवको आराधना गरी पुत्र प्राप्त भएको उनले १६ वर्षकै उमेरमा  १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद गीता लगायत ग्रन्थको व्यापक विवेचनागरेका बताइन्छ । उनले वैदिक सनातन धर्म संरक्षणका लागि भारत वर्षको चार ठाउँमा चारवटा मठ स्थापना गरे ।

उनले स्थापना गरेका चारमठमा श्रृङ्गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्रायः बनेको थियो । उनको ३२ वर्षको उमेरमा निधन भएको थियो । 

Logo