चितवन -२ मा रवि लामिछानेले लिए अग्रता

चितवन -२ मा रवि लामिछानेले लिए अग्रता


चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । 

उपनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिए पनि अहिले भने लामिछाने झण्डै दोब्बर मतले अघि लागेका हुन् । 

पछिल्लो मतपरिणाम अनुसार रास्वपाका सभापतिसमेत रहेका लामिछानेले ११५५ मत पाएका छन् । साथै एमालेका न्यौपानेले ६५५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।  

Logo