निरा पाण्डे आचार्यको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन [तस्विरमा हेर्नुहोस्]

निरा पाण्डे आचार्यको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन [तस्विरमा हेर्नुहोस्]


चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ । 

७ वैशाखमा सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । तर, हालसम्म पनि हत्यारा पत्ता नलगाएको भन्दै मृतकका आफन्तसहित स्थानीयले सोमबार प्रदर्शन गरेका हुन् । 

‘हत्यारा चाँडो सार्वजनिक गर, हालसम्मको अनुसन्धानको प्रगति के हो ?’ जस्ता लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको हो । 

 

Logo