चितवन -२ मा १५ सय मतले अघि लागे रवि लामिछाने

चितवन -२ मा १५ सय मतले अघि लागे रवि लामिछाने


चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाएका छन् । 

इच्छाकामना गाउँपालिकाको १,२,३,४ र ५ को मतगणना सकिँदा रास्वपाका उम्मेदवार लामिछानेले ३ हजार ६०२ मत पाएका छन् । साथै नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८२ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच झण्डै १५ सय बढी मतको अन्तर छ ।

नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठ भने १ हजार ४९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

Logo