#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30864890958792743945622466642
नेपाल627974011712945267

नारायणगोपाल युवा सङ्गीत पुरस्कार अविरल र मीनालाई

काठमाडौं ।

यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेपाली सङ्गीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा सङ्गीतकार अविरलले ‘सालको पात….’, ‘लालुमाई…’ तथा निरौलाले ‘काले दाइ काले दाइ…’, ‘ठमेल बजार….’ जस्ता गीत गाएका छन् । यो पुरस्कार हालसम्म ४६ जनालाई प्रदान गरिसकिएको छ ।

यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ । चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रुपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही २५ हजार र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो । कोषले सो पुरस्कारको स्थापना वि.सं २०५७ मा स्थापना गरेको हो । स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको सम्मानका लागि समग्र देश नै अग्रसर हुनुपर्ने बताए । युवाको परिचालन र सम्मान नभएसम्म देश विकास हुन नसक्ने भन्दै उनीहरुको प्रतिभाको कदर गर्नुपर्नेमा थापाले जोड दिए । संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले संस्था स्थापनाकालदेखि नै युवाको हितमा लागिपरेको भन्दै आउने दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचारहरु