#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31887547977350742425523485942
नेपाल678044361741449954

ए डिभिजन लिग : मच्छिन्द्र र च्याशलबीच बराबरी

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब र च्याशल युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलमा शुरुवाती अग्रता भने च्याशलले लियो । खेलको २८ औँ मिनेटमा सन्तोष साहुखलले डिबक्स बाहिरबाट बायाँ खुट्टाले दोस्रो बार च्यापेर गोल गर्नुभएको थियो । खेलको निर्धारित समयको दुई मिनेट बाँकी हुँदा मच्छिन्द्रले बराबरी गोल फर्कायो ।

च्याशलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई डिबक्स भित्रबाट मच्छिन्द्रका खेलाडी देवेन्द्र तामाङले सहजै गोल गरेका थिए । यस खेलसँगै च्याशल चार अङ्कसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ भने मच्छिन्द्रको तीन अङ्क छ ।

सम्बन्धित समाचारहरु