महानगरले पुरानो बसपार्कको प्रहरी बिटमा चलायो डोजर

महानगरले पुरानो बसपार्कको प्रहरी बिटमा चलायो डोजर


काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका प्रहरी बिट हटाउन सुरू गरेको छ।

महानगर प्रमुख बालेन शाहले गत चैतमा महानगरका विभिन्न १९ ठाउँमा रहेका प्रहरी बिट सडकपेटी मिचेर बनाइएको भन्दै त्यसलाई हटाउन भनेका थिए। बालेनले आफ्नो स्टाटसमा त्यस्ता प्रहरी बिटको सूची सार्वजनिक गरेका थिए। सोही  स्टाटसलाई आधार मान्दै काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौंको पुरानो बसपार्कस्थित प्रहरी बिट हटाइरहेको बताए। 

बालेनले गत चैतमा वडा नम्बर ४ स्थित बालुवाटारको प्रधानमन्त्री निवासअगाडि, वडा २६ को सामाखुसीमाथि ढलान गरेको स्थानमा, वडा ३२ को जडिबुटी चोक, वडा ९ को सिनामंगल चोक, वडा १७ को ढल्को, वडा १८ को ताम्सीपाखा, वडा २९ को मैतीदेवीस्थित रूद्रमतीका प्रहरी बिट छन्।

त्यस्तै वडा २७ स्थित असन चोक, वडा २२ को न्यूरोड पिपलबोट, वडा २० को चिकमंगल, वडा १७ को धोबीचौर, वडा ३१ को देउराली क्लब, वडा ७ को रातोपुल, वडा १३ को ताहाचल, वडा ९ को त्रिभुवन विमानस्थलअगाडि, वडा १६ को माछापोखरी, वडा ६ को चुच्चेपाटी र बौद्ध प्रहरी वृत्त अगाडिका प्रहरी बिटहरू बाटो मिचेर बनाइएको बालेनले उल्लेख गरेका थिए।

Logo