प्रारम्भिक नतिजा राम्रो छ, तर प्रतिक्रिया दिने बेला भएको छैनः उपेन्द्र यादव

प्रारम्भिक नतिजा राम्रो छ, तर प्रतिक्रिया दिने बेला भएको छैनः उपेन्द्र यादव


जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताएका हुन् । ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ उनले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए । 

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १५ हजार १८३ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत पाएका छन् । 

Logo