#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697825956446740142122339958
नेपाल615933901738343820

अफगानिस्तानमा ६.१ म्याग्च्यिुडको भूकम्प

काबुल ।

अफगानिस्तानमा शुक्रबार अपरान्ह् ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले जनाएको छ ।

भूकम्पको धक्का दक्षिण एशियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान र भारतमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दू अफगानिस्तानको उत्तरी राज्य बदखासनको जुर्मबाट ५१ किलोमिटर दक्षिण पश्चिममा २०० किलोमिटरको गहिराईमा रहेको विभागले जनाएको छ ।

स्थानीय समय अनुसार साँझ ५ः१५ बजे अफगानिस्तानको राजधानी काबुल, पाकिस्तानको इस्लामावाद, भारतको नयाँ दिल्लीलगायतका स्थानमा भूकम्पको धक्का केही सेकेण्ड महसुस गरिएको थियो ।

भूकम्पपछि ठूला भवनहरूमा काममा व्यस्त स्थानीयहरूबीच भागदौड भएको थियो । भूकम्पबाट कुनै भएको क्षति भने प्राप्त भएको छैन ।

रासस/एएफपी

सम्बन्धित समाचारहरु

ताजा समाचार