नेत्रहीन महिला क्रिकेटमा भारतमाथि नेपालको सानदार जित, विनिताको कीर्तिमान

नेत्रहीन महिला क्रिकेटमा भारतमाथि नेपालको सानदार जित, विनिताको कीर्तिमान


विनिता पुनको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय शतकको सहयोगमा नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले भारतीय टोलीमाथि शानदार जित हात पारेको छ । 

दोस्रो नेपाल-भारत टी-ट्वान्टी नेत्रहीन महिला क्रिकेट श्रृंखलाअन्तर्गत मंगलबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीले भारतीय टोलीलाई ८ विकेटले हराएको हाे ।  

टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतका ५ खेलाडी रन आउट भएका थिए भने विनित पुन र निशा चौधरीले समान एक/एक विकेट लिएका थिए । 

जवाफी व्याटिङ्गमा नेपालले २ विकेटको खर्चमा लक्ष्य पार गरेको थियो । नेपालको लागि प्लेयर अफ द सिरिज विनिता पुनले विस्फोटक व्यटिङ्ग गर्दै ५७ वलको सामना गर्दै १७ चौकाको सहयोगमा नटआउट १ सय ११ रन प्रहार गरेकी थिइन् । उनी नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिलो शतक बनाउने खेलाडी बनेकी छन् । 

त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेका छन् । भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६ बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका थिए ।

Logo