बारा -२ मा उपेन्द्र यादवले कटाए २० हजार मत, टक्कर दिँदै कुशवाहा

बारा -२ मा उपेन्द्र यादवले कटाए २० हजार मत, टक्कर दिँदै कुशवाहा


बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले २० हजार मत कटाएका छन् । 

सार्वजनिक पछिल्लो मत परिणामअनुसार जसपाका अध्यक्ष यादवले २० हजार ४६३ मत पाएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १७ हजार ७९८ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीच साढे २ हजार मतान्तर रहेको छ । यसअघि ५ हजार बढी मतान्तर रहेकोमा कुशवाहाले निरन्तर घटाउँदै लगेका छन् । 

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार कटाएका छन् । उनले ६ हजार १२१ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार ४६६ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार १७७ मत पाएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । 

Logo