आज पहाडका केही भु–भागमा मेघगर्जनसहित पानी पर्ने

आज पहाडका केही भु–भागमा मेघगर्जनसहित पानी पर्ने


 बुधबार देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको  सम्भावना छ।

राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ।

Skip This
Logo