मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ४ जनाले पाए थप १ कित्ता

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ४ जनाले पाए थप १ कित्ता


मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ।

स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जनाले १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। सोमध्ये पनि भाग्यमानी ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

साथै कर्मचारीहरुलाई सुरक्षित गरिएको जम्मा २२ हजार ४३९ कित्ता शेयरमध्ये कर्मचारीहरुबाट जम्मा ३ हजार २४० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको र सोही अनुसार बाँडफाँड गरी कर्मचारीहरुबाट शेयर खरिद आवेदन प्राप्त नभएको १९ हजार १९९ शेयर कित्ता समेत थप गरि जम्मा ९ लाख ५४ हजार ११४ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गर्ने निर्णय गरिएको छ । 

रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेन्छियाम हाइड्रोपावरको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् । 

Logo