राष्ट्रिय सभामा शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न मौखिक प्रस्ताव

राष्ट्रिय सभामा शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न मौखिक प्रस्ताव


राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको राष्ट्रियसभा बैठकमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधानर नगरे राजनीतिप्रति जनतामा निराशा बढ्न भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधानर नगरे स्थिति अकल्पनीय हुने भन्दै उनले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने, सांसद वा मन्त्री तीनपटक र दलको अध्यक्ष दुईपटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने मौखिक प्रस्ताव गरे । 

निर्वाचन प्रणाली सुधार्नुपर्ने बताउँदै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रर्णालीमै समानुपातिक व्यवस्था गर्नुपर्ने बताए । विद्यमान समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्षमै मिलाउनु पर्नेमा जोड दिएका उनले संघीय संसद सदस्य २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य ५५० बाट घटाएर ३३० सदस्य बनाउनुपर्ने बताए । 

अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने कार्य पनि बन्द गर्नुपर्ने उनको प्रस्ताव छ । नागरिकका समस्या तत्कालै समाधान गर्ने संयन्त्र बनाउनुपर्ने बताएका उनले सुशासनको प्रत्याभूति हुने भ्रष्टाचार निवारणको अभियान चलाउनुपर्ने बताए । 

Logo