मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित ३६ कम्पनीलाई कर तिर्न १५ दिने अल्टिमेटम

मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित ३६ कम्पनीलाई कर तिर्न १५ दिने अल्टिमेटम


आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक दुर्गा प्रसाईँको नाममा १५ दिने ‘अल्टिमेन्टम’ जारी गरेको छ ।

नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईँसहित ३६ वटा कम्पनीलाई आयकर र मूल्य अभिवृद्धि कर दाखिला गर्न पटकपटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि राजश्व कार्यालयले अल्टिमेन्टम दिएको हाे ।  

सार्वजनिक सूचनाअनुसार आयकर र मूल्य अभिवृद्धि कर दुवै दाखिला नगर्ने ६ कम्पनी, आयकर मात्र नतिर्ने २ कम्पनी र मूल्य अभिवृद्धि कर नतिर्ने २८ कम्पनी रहेका छन् । यी कम्पनीहरुलाई १५ दिनभित्र बक्यौता दाखिला गरी सोको प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेस गर्न अल्टिमेन्टम दिइएकाे छ ।

यी हुन् आयकर र मूल्य अभिवृद्धि कर दाखिला नगर्ने कम्पनी-

No description available.

Logo