राष्ट्रिय सभाले टुंग्यायो संसदीय सुनुवाइ समितिमा दिने सदस्यको नाम

राष्ट्रिय सभाले टुंग्यायो संसदीय सुनुवाइ समितिमा दिने सदस्यको नाम


राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । 

बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । जसमा नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी परेका छन् ।   

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुने गरेको छ। 

Logo