#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30604776954140739372822256908
नेपाल615933901738343820

पिपिएलमा काठमाडौंको दोस्रो जित

पोखरा । काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग क्रिकेटमा दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा विराटनगर टाईटन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।

काठमाडौंले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो । विराटनगरका पुनित मेहेराले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान प्रदिपले २९ रन जोड्दा नोमन खानले २५ रन बनाए । काठमाडौंका सुबोध भाटीले ३ तथा बसन्त रेग्मी र अमर सिंह रौटेलाले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । काठमाडौंका लागि जयक्रिशन कोल्शावालाले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान ज्ञानेन्द्रले ४५ रन जोड्दा अमित श्रेष्ठले १७ रन बनाए । यस्तै सुवोध भाटीले १४ तथा आदील खानले अविजित १३ रन बनाए ।

विराटनगरका लागि पुनित मेहेराले २ विकेट लिए । जितसँगै काठमाडौंले ४ खेलमा ४ अंक जोडेको छ ।

विराटनगरको यो दोस्रो हार हो । विराटनगरले ३ खेलमा २ अंक जोडेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार