निरु आचार्यको हत्याबारे गगन थापाको प्रश्नः काठमाडौंमा सुरक्षा कहाँ छ ?

निरु आचार्यको हत्याबारे गगन थापाको प्रश्नः काठमाडौंमा सुरक्षा कहाँ छ ?


नेपाली काँंग्रेसका महामन्त्री एवं सांसद गगन थापाले राजधानी काठमाडौंमा महिलाको सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद थापाले कपनकी ३५ वर्षीया निरा आचार्यको हत्याको घटनाबारे प्रश्न उठाउँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको विश्वास दिलाउन माग गरेका हुन् । 

‘सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको विषयमा यहाँका नागरिकले विश्वास गर्न नसक्ने अवस्था बन्यो । यसको बारेमा विश्वास दिलाउने अवस्था बनाइदिनुस् । छोरीको मृत्यु भयो सात दिन अगाडि, दाहसंस्कार गर्नका लागि उहाँहरूलाई भने मान्नुभएन। किनकि त्यो मृत्यु थिएन हत्या थियो। दिनदहाडै २२–२३ ठाउँमा छुरी प्रहार गरेर हत्या भयो। सात दिन भयो । उहाँहरू प्रहरी कार्यालय धाइरहनुभएको छ, मन्त्रालय गइराख्नुभएको छ तर ठोस जवाफ पाउनसक्नुभएको छैन।’

गत बिहीबार दिउँसो सरस्वतीनगरस्थित पसलमा अज्ञात व्यक्तिले निरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। सांसद थापाले अझैसम्म पनि हत्यारा पत्ता लाग्न नसक्नु आश्चर्यको विषय बनेको भन्दै छानविनमा तदारुकता दिन माग गरेका छन् । 

Logo