मिटरब्याज पीडितमाथि भएको बल प्रयोगमा गृहमन्त्री श्रेष्ठले मागे माफी

मिटरब्याज पीडितमाथि भएको बल प्रयोगमा गृहमन्त्री श्रेष्ठले मागे माफी


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् । ‘फिल्ड कमाण्डरको विश्लेषण गलत थियो । माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो । तर त्यहीँ कन्टेन गर्ने भन्ने निर्णय गरेछन् । बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ उनले भने ।

केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । 

Logo