राष्ट्रपति पौडेलको उपचारमा भ्रमपूर्ण व्यवहार नगर्न स्वकीय सचिवालयको आग्रह

राष्ट्रपति पौडेलको उपचारमा भ्रमपूर्ण व्यवहार नगर्न स्वकीय सचिवालयको आग्रह


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । 

बुधबार राष्ट्रपतिको स्वकीय सचिवालयबाट जारी विज्ञप्तिका अनुसार पौडेलको केही परीक्षणको रिपोर्टहरु आउन बाँकी रहेको छ । 

नेपाली चिकित्सक, प्रधानमन्त्री र राजनीतिक दलका उच्च नेताहरुको सल्लाह र सुझावमा राष्ट्रपति पौडेलको हाल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । 

तर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा उपचारलाई लिएर भ्रम पूर्ण समाचार सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको भन्दै स्वकीय सचिवालयले राष्ट्रपति पौडेलको उपचार सरकारको निर्णय बमोजिमको उपचार पद्धति कानून, नियम र निश्चित विधि अनुसार हुने प्रष्ट पारेको छ ।     

Skip This
Logo