नेपोभिट टाईल्सकाे पहिलो वार्षिक उत्सव सम्पन्न

नेपोभिट टाईल्सकाे पहिलो वार्षिक उत्सव सम्पन्न


नेपोभिट टाईल्स्को पहिलो वार्षिक उत्सव समारोह सु–सम्पन्न भएको छ ।  

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा पूर्व महान्यायाधिवक्ता रमण प्रसाद श्रेष्ठ, महानायक राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरुको उपस्थितिमा रहेको थियो । 

कम्पनीको निर्देशक विभा झाले स्वागत मन्तव्य राख्दै सम्पूर्ण उपस्थित अतिथि तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई स्वागत गर्दै नेपोभिट टाईल्सको एक वर्षको यात्रामा साथ दिने कर्मचारी, ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण साझेदारहरुलाई धन्यवाद दिइन् । 

द सोल्टी काठमाडौँमा आयोजित सो समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ मिडिया र ७०० भन्दा बढीको उपस्थितिमा नेपोभिट टाईल्सले नयाँ २x४ फिटका टाईल्सहरु पनि सार्वजनिक गरेको छ । 

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टाईल्सलाई साथ सहयोग पु-याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपोभिट टाईल्सको एक वर्षको चुनौती तथा सम्भावना हरुको बारेमा जानकारी गराउंदै नेपोभिट टाईल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टाईल्स्हरु बजार भित्र्याउने जानकारी गराए ।

No description available.साथै समारोहमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले नेपालमै पहिलो र एकमात्र टाईल्स कम्पनी नेपोभिट टाईल्सले गरेको काम सराहनीय भएको बताए । नेपोभिटले स्थानीयलाई तथा समग्र देशलाई नै गरेको योगदानको उच्च प्रशंसा गर्दै उनले सरकारको तर्फबाट  हरेक चरणमा नेपोभिटलाई साथ तथा सहयोग मिल्ने कुराको प्रतिवद्धता व्यक्त गरे । 

त्यसैगरी नेपोभिट टाईल्स्का अध्यक्ष शम्भु नाथ झाले नेपोभिट टाईल्सले एक वर्षमा हासिल गरेको उपलब्धीहरुका बारेमा बोल्दै अब आगामी वर्षहरुमा निर्यातमा जोड दिने मुख्य उद्देश्य रहेको कुरा जानकारी गराए । नेपालमा सेरामिक क्षेत्रको प्रचुर सम्भावनाहरुलाई उपयोग गर्दै टाईल्स मात्र नभई विभिन्न सेरामिक वस्तुहरु उत्पादन गरी देशमा अझै रोजगारीको सिर्जना गर्न र विदेशी मुद्रा भित्राउन नेपोभिट टाईल्स प्रतिवद्ध रहेको जानकारी गराए । 

बाराको जितपुरमा अवस्थित रहेको नेपोभिट टाईल्स् नेपालको पहिलो र एकमात्र टाईल्स् कम्पनी हो । २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यवसायिक प्रयोजनका लागि नेपालमै अन्तराष्ट्रिय स्तरको टाईल्स उत्पादन गर्दै आएको छ ।

Logo