#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30767440957608740659322403239
नेपाल627974011712945267

कर्णाली करिडोरकाे काम धमाधमदेखि कान्छीमायाकाे ह्याट्रिकसम्म (भिडियाेसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये वैदेशिक रोजगार केही नेपालीका लागि रहर भएपनि धेरैका लागि वाध्यता बन्दै आएको छ । परिवारको जीवनस्तर सुधारका लागि विदेश पुगेका कतिपय विभिन्न परिवन्धमा परेर वेपत्ता हुने गरेका छन् ।

महानगरपालिकाले राजधानी काठमाडौलाई सडक मानवमुक्त घोषणा गरेको छ । यसलाई कार्यान्वनका लागि अहिले महानगरले सडकमा रहेका सर्वसाधारणलाई उद्धार गरिरहेको छ ।

दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको कामले तिव्रता पाएको छ । सेना निर्माण कार्यलाई तिव्रता दिएसँगै हुम्लाको सदरमुकाम सिमीकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट विवादित बनेको छ । प्रधानमन्त्री ओलीको आधिकारीक आइडीबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश रि–ट्वीट भएपछि अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा चर्चा भएको हो ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु