नयाँ सरकार गठनका लागि आज लुम्बिनी प्रदेश प्रमुखसामु दाबी पेश गरिँदै

नयाँ सरकार गठनका लागि आज लुम्बिनी प्रदेश प्रमुखसामु दाबी पेश गरिँदै


लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् ।

प्रदेश प्रमुखको आह्वानसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमवार विश्वासको मतका लागि प्रदेश सभामा गरेको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो। संविधानको धारा १८६ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मंगलवार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीवार अपराह्न ४ बजेसम्मका लागि दिएको समयावधिमै सरकारको दाबी पेश गर्ने गरी गठबन्धन दलबीच तयारी गरिएको छ ।

Logo