गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु


गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ, भने एक जना घाइते भएका छन् । 

गुल्मीको मालिका गाउँपालिका २ अन्तर्गत दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेको लु १ च ९९११ नम्बरको जीप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना भएकाे हाे । ब्रेकफेल भएर जीप दुर्घटना भएको अनुमान गरिएको छ। 

दुर्घटनामा जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका-९ का १८ वर्षका किशोर केसीको मृत्गयु भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।  दुर्घटनामा  जीप चालक प्रेम बहादुर केसी घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । 

Logo