कतारविरुद्ध आरिफ शेख पनि आउट

कतारविरुद्ध आरिफ शेख पनि आउट


एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा कतारविरुद्ध अलराउण्डर आरिफ शेखलाई पनि गुमाएको छ । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २६औँ ओभरमा आरिफलाई सातौं विकेटका रुपमा गुमाएको हो । उनी ११ रनमा आउट भए । 

हाल नेपाल २६ ओभरको समाप्तिमा रन बनाउँदै खेलिरहेको छ । हाल नेपाल २६ ओभरको समाप्तिमा १०५ रन बनाउँदै खेलिरहेको छ । हाल गुल्सान झा र दीपेन्द्रसिं ऐरी क्रिजमा अविजित छन् ।  यसअघि नेपालले २० ओभरमा ८८ रन बनाउँदा ६ विकेट गुमाएको थियाे । छैटौं विकेटका रुपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो । उनी २७ बलमा ११ रन बनाउँदै आउट भए । 

साथै ओमानविरुद्ध शतक हानेका युवा अलराउन्डर कुशल मल्ल ३ रनमै आउट भए ।  नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। साथै आसिफ शेख १९ रन बनाएर १२४ ओभरमा आउट हुँदा कप्तान रोहितकुमार पौडेल २७ रन बनाउँदै पवेलियन फर्किए ।  

Skip This
Logo