#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व66139430671489258141465
नेपाल5041

प्रदेश नं २ मा प्राविधिक विश्वविद्यालय स्थापना हुने

जनकपुर ,

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको जानकारी दिएका छन् ।

नेपाल तराई इञ्जिनीयर्स एशोसिएशनद्वारा शनिबार जनकपुरमा आयोजित इञ्जिनीयरिङ कलेजको आवश्यकता विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले प्राविधिक विश्वविद्यालय स्थापना गर्न सदनमा विधेयक प्रस्तुत भई छलफलका क्रममा रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको घोषणा अनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलका क्रममा रहेको जानकारी दिए । उनले भने “ विधेयक पारित भएलगत्तै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुनेछ । प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ । ”

एशोसिएशनका अध्यक्ष डा अजय झाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, इञ्जिनीयर सत्यनारायण साहले प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

सम्बन्धित समाचारहरु