#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32960281996357764377224320152
नेपाल718214671834153013

ठूलो परिमाणमा अवैध सुनचाँदीसहित एक युवक पक्राउ

सिरहा ।

ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज २ प ६४२२ नं.को मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको प्रवक्ता बोहराले बताए । पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अवैध कुखुराको चल्ला नष्ट

प्रहरीको टोलीले सिरहा नगरपालिका–१९ जोगियाटोलबाट ४३ कार्टुन अवैध चल्ला बरामद गरेको छ । प्रहरी चौकी सन्हैठा सिरहाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालमा भित्र्याइएको उक्त अवैध चल्ला बरामद गरेको हो । बरामद भएका करिब एक लाख मूल्य बराबरको चल्ला स्थानीय प्रतिनिधिको रोहवरमा आज बिहान नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु